काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आईसीटी अवार्डको सातौँ संस्करणमा पावर्ड बाई पार्टनरमा स्मार्ट क्युआर र पेमेन्ट पार्टनरमा आईएमई पेले सहकार्य गरेका छन् ।
डिजिटल इकोसिस्टमको प्रवर्द्धन गर्न इन्फोडेभलपर्स आईसीटी अवार्ड २०२२ इन एसोसिएसन विथ जेनेसमा स्मार्ट क्युआर र आईएमई पेले पनि सहकार्य गरेका हुन् । सातौँ संस्करणको आईसीटी अवार्डको ग्राण्ड फिनाले आउँदो पुस ८ गते द सोल्टी काठमाडौंमा आयोजना हुँदै छ । त्यसभन्दा अगाडि अवार्डको प्रि–इभेन्ट क्याम्पियनको रूपमा कात्तिक १८ र १९ गते बानेश्वर बैंक्वटमा यार्सा ल्याब्स स्टार्टअप एण्ड आइडिया फेस्ट सञ्चालन हुँदै छ । उक्त फेस्टमा सय बढी स्टार्टअप र इन्नोभेसनहरू प्रदर्शनी हुने आयोजक संस्था लिभिङ विथ आईसीटी जानकारी दिएको छ । फेस्टमा स्टिम क्याम्प, जब फेयर, काउन्सिलिङ, एआई एण्ड इमर्जिङ टेक्नोलोजी, गेमिङ प्रतियोगिता, लगानीको अवसर, उद्यमी र लगानीकर्तासँग भेटघाट, रोबोटिक्स, ड्रोन, एआई/भीआर लगायतका आकर्षण रहेका छन् ।
सन् २०१६ बाट सुरू भएको आईसीटी अवार्डको सातौं संस्करणमा १२ विधामा अवार्ड वितरण गरिनेछ । यस वर्ष अवार्डमा चार सय बढीको आवेदन प्राप्त भएको थियो । १३ जनाको जुरी समिति र १५ जनाको सल्लाहकार समितिले अवार्डको छनोट प्रक्रिया सुरू गरिसकेको छ । केही दिन अगाडि मात्रै स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार विधाका उत्कृष्ट १२ घोषणा गरिएको छ । आईसीटी अवार्ड २०२२ मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नेपाल उद्योग वाणिज्य महासंघ, दराज, आईएमई जनरल इन्स्योरेन्स, प्रेसिडेन्सियल बिजनेस स्कुल, ब्रोडवे इन्फोसेस, वेद, जायर, सिलभर लाइनिङ, किंग्स कलेज, हाम्रो पात्रो, फ्युज मसिन, टेक्नोरियो लगायतको सहकार्य रहेको छ ।