काठमाडौं । ललितपुर उपमहानगरपालिका वडा नं. १० कुपण्डोलमा दुई आना तीन पैसामा निर्मित अमात्य निजी गुठीघर लालची र लोभी तीन गुठीयारहरूले केही न्यूनतम पैसा लिएर सरिता राजभण्डारी नामको एक ठेकेदारको करिब तीन करोडको गुठीघरको सम्पत्ति सुम्पेको आरोप स्वयं गुठीयारहरूले लगाएका छन् । गुठिघरका केही गुठीयारहरू आफ्नो घर कोठा छोडेर सरिताको घर आँगनमा लम्पसार परेर बसेको आरोप उनीहरूको छ ।
तीन जनाको कर्तुतले गर्दा दुई सय वर्षको इतिहास समाप्त पारिएको दाबी पनि गुठीयारहरूले लगाएका छन् । करोडौँको सम्पत्ति भाई फुटे गवार लुटेको अवस्थामा पु-याइएको छ । गुठीको विधान नमान्ने नरेशलाल अमात्य अर्काको सम्पत्तिमा किर्ते कागजात खडा गरेर आफ्नो नाउँमा नामसारी गर्न पल्लेका दुर्वेशचन्द्र अमात्य, अमरनाथ अमात्य तीन जना मिलेर आफ्नो जिजु बाजेहरूले स्थापित गरेको ऐतिहासिक धरोहर अमात्य निजी गुठीघरको अस्तित्व धूलोमा मिलाएका छन् ।
धार्मिक रीतिअनुसार यान्त्रिक विधिबाट स्थापित हनुमन्तेश्वर महादेवको शिवालयमा बजरंगवली महाराज पूर्ववत् रुपमा स्थापित छन् । साथमा कुल देवता श्रीकृष्ण र गणेश स्थापित छन् । यी शक्तिशाली देवताहरू हुन् । जुन व्यक्तिहरूले यी देवी देवताहरूमा क्षति पु-याउँछन् तिनीहरूको वंश नास भएको ज्वलन्त उदाहरणहरू छन् । यी गुठीघरको सम्पत्ति बेच्ने नौ जना गुठीयारहरूको शाखा सन्तानहरूको अवस्था नाजुक छ । तिनीहरू यही कुपण्डोलमा बसिरहेका छन् । लालची तीन गुठीयारहरूको बाहिरी स्थिति राम्रो भए पनि भित्रबाट यिनीहरूको स्थिति जीवन अस्तव्यस्त भएको दाबी स्वयं गुठीयारहरूले गरेका छन् । गुठीघरको संंस्थापक गुठीयारहरूमध्ये नौ जना गुठीयारको मृत्यु भइसकेको छ । अब केवल एक जना ज्येष्ठ गुठीयार बासुदेव अमात्य मात्र बाँकी छन् ।
बासुदेवलाई गुठीको माइन्युट नम्बर ९१ को तत्कालीन अध्यक्ष विक्रमलाल अमात्यले मिति २०६५ साल मंसिरमा उपाध्यक्ष चयन गरेका थिए । बासुदेव अमात्यलाई तत्कालीन संस्थापकहरूले लिखितरुपमा गुठी सञ्चालन गर्न सम्पूर्ण अधिकार दिएर गएको दाबी बासुदेव अमात्यले गरेका छन् । हाल उनै बासुदेव गुठीको अध्यक्ष छन् ।
गुठीको विधान नमान्ने, गुठीघर ठेकेदारसँगको सम्झौता करारपत्र कार्यान्वयन गर्न नचाहने, आफ्नो गुठीघरको गुठीकक्ष समेत महिनामा पाँच हजार रुपैयाँ भाडा लिएर ठेकेदारलाई नै भोगचलन गर्न दिएका छन् । नरेशलालले गुठीघरको बहाल उठाएर आफ्नो श्रीमतीको नाउँमा ग्लोबल आईएमई बैंकमा रहेको खातामा पैसा जम्मा गरेको गुठीयारहरूको भनाइ छ ।
गुठीघरबाट जोसँग जति लुट्न सक्यो आफ्नो गोजीमा राख्दै आएका छन् । उनीहरूको दादागिरी र गुण्डागर्दीले गर्दा निजी गुठी धरापमा परेको भन्दै बासुदेव अमात्यले गुठीघर संघर्ष समिति गठन गरेको बताएका छन् । गुठीयारहरूले उद्दण्ड प्रकृतिका गुठीयार हटाएर गुठीघरलाई नियमितरुपमा परम्पराअनुसार सञ्चालन गर्ने बताएका छन् ।