काठमाडौं । जानकी फाइनान्सले चालू आर्थिक वर्र्षको पहिलो त्रैमासिक अवधिमा २४ लाख १९ हजार ८८ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा दुई करोड ७९ लाख ४५ हजार पाँच सय ६२ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ६९ करोड चार लाख ७२ हजार आठ सय रुपैयाँ रहेको फाइनान्सले चालू आवको पहिलो त्रैमासमा तीन अर्ब ३६ करोड छ लाख ३१ हजार नौ सय ८२ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ८५ करोड २८ लाख ४६ हजार आठ सय ७६ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँच करोड छ लाख ३७ हजार नौ सय १३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा १० दशमलव दुई प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर चार दशमलव ३४ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने फाइनान्सले तीन अर्ब ३० करोड ५८ लाख ६० हजार सात सय ४० रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ९२ करोड ६१ लाख ४० हजार छ सय ४४ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार करोड छ लाख ३३ हजार नौ सय ६० रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा चार दशमलव १५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ९६ प्रतिशत रहेको थियो ।