काठमाडौं । सनराइज क्यापिटल लिमिटेडको १२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सनराइज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीकारूपमा सञ्चालित सनराइज क्यापिटल लिमिटेडले आफ्नो १२औँ वार्षिक साधारणसभा शुक्रबारका दिन अलफ्ट होटल ठमेल काठमाडौंमा भव्यताका साथ सम्पन्न गरेको हो ।
वार्षिक साधारणसभामा प्रस्तुत भएका प्रस्तावहरूमा आव २०७८/०७९ वार्षिक प्रतिवेदन, सोही अवधिको असार मसान्तको बासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र आव २०७९/०८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिकको निर्धारणको प्रस्ताव सर्वसम्मतबाट पारित गरिएको कम्पनीले जनाएको छ ।
साथै, आव २०७८/०७९ को मुनाफाबाट २५ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।