काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार बजार परिसुचक ४३ दशमलव दुई अंंकले उकालो लागेर १९ सय ६५ दशमलव ३६ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव नौं अंकले उकालो लागेर तीन सय ८७ दशमलव ५२ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २८ वटा कम्पनीहरुको २७ हजार सात सय ६८ पटक सेयर किनबेच भएका छन् । जसबाट ३९ लाख १३ हजार पाँच सय ७३ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल सेयर कारोबार रकम एक अर्ब ५४ करोड ८० लाख ३२ हजार पाँच सय ६१ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सामुहिक लगानी कोष उपसमुहको सुचक ओरालो लागेर बाँकी उपसमुहहरुको सुचक उकालो लागेका छन् ।