काठमाडौं । मिसेलिन टायर ब्राण्डको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी अटोपार्ट्स प्रालिले आफ्नो नयाँ शोरुम वीरगञ्जको बाइपास रोडमा स्थापना गरेको छ । ‘जय मा दुर्गा टायर हाउस’ नामक यस शोरुमको उद्घाटन कम्पनीका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकीले एक कार्यक्रमबीच गरेका थिए ।
ग्राहकवर्ग एवं रिटेलरहरुको उपस्थिति रहेको उक्त समारोहमा शोरूमका सञ्चालक मदन प्रसाद यादवलाई बिक्रेता नियुक्तिसम्बन्धी प्रमाणपत्र वितरण गरिएको थियो । साथै शोरुम उद्घाटनको अवसरमा ग्राहकहरुलाई एक जोडी मिसेलिन टायरको खरिदमा एउटा ज्याकेट निःशुल्क प्रदान गरिएको छ । जय मा दुर्गा टायर हाउसमा कमर्सिअल (ट्रक, टिपर, बस आदि) र पेसेन्जर (ईभी, एसयूभी आदि) गाडीहरुको लागि विभिन्न मोडेलका मिसेलिन टायरहरु उपलब्ध छ । मिसेलिन ब्रान्ड विश्वको नम्बर एक टायर ब्राण्डको रुपमा परिचित छ ।