काठमाडौं । एभरेष्ट बैंकले २१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको पछिल्लो पटक बसेको बैठकले गत आर्थिक वर्षको खुद मुनाफामध्येबाट १३ प्रतिशत बोनस र सात दशमलव ३८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिसम्ममा नौ अर्ब ४२ करोड ७३ लाख रुपैयाँँ चुक्ता पुँजी कायम गरेको बैंकको बोनस सेयर वितरणपश्चात् भने चुक्ता पुँजी १० अर्ब ६५ करोड २८ लाख रुपैयाँँ पुग्नेछ । लाभांश वितरणसम्वन्धी सञ्चालक समितिको बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।