काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं, क्षेत्र नं ४, प्रदेश “क” प्रदेश सभा सदस्य उम्मेदवार, रिद्धि प्रताप ज.ब.राणाले शिक्षा, स्वास्थ्य, रोजगारी, आय आर्जन नै समृद्ध जीवनका आधार भएका...
काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं, क्षेत्र नं ४, प्रदेश “क” प्रदेश सभा सदस्य उम्मेदवार, रिद्धि प्रताप ज.ब.राणाले शिक्षा, स्वास्थ्य, रोजगारी, आय आर्जन नै समृद्ध जीवनका आधार भएकाले यसलाई सहज बनाउने बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र भित्र पर्ने काठमाडौंको चावहिल लगायतका क्षेत्रका मतदाताहरुसंग कुरा गर्दे राणाले उक्त कुरा बताएका हुन ।
आमनागरिकको लागि शिक्षा, स्वास्थ्य, रोजगारी, आय आर्जन नै समृद्ध जीवनका आधारहरु भएकाले यि आधारहरु पुरा गर्न, यि आधारहरु पुरा गराउनको लागि नीति निर्माण तहमा वकालत गर्नको लागि आफु चुनावी मैदानमा आएको उनले बताए । बिकासमा सबैको समान पहुंच, सडक तथा पूर्वाधार विकास, शिक्षा, संचार तथा सूचना, स्वास्थ्य तथा स्वस्थ मानव जीवन, खानेपानी सरसफाई तथा सिंचाई, धार्मिक तथा पर्यटकीय विकास, कला संस्कृति र खेलकुद, आवास व्यवस्थापन र कृषि पशुपालनमार्फत जीविकोपार्जनका लागि आफुले प्रभावकारीरुपमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्दे उनले भने, मलाई यो प्रतिवद्धता पुरा गर्न तपाईहरुको साथ र सहयोग चाहिन्छ, ।
उनको यो प्रतिवद्धतालाई स्वागत गर्दे मतदाताहरुले देश बनाउनको लागि, समाज बनाउनको लागि आफुहरुले राप्रपाको हलो चिन्हमा भोट हाल्ने बताएका छन् । मतदाताहरुले भने, धेरै अनुहारहरु फेरिए, तर देशको अनुहार फेरिएन, हाम्रो जीवनस्तर फेरिएन, तर यसपाली देशको अनुहार फेर्न, हाम्रो आफ्नै अनुहार फेर्न, आफ्ना सन्तानहरुको अनुहार फेर्नको लागि राप्रपाका राणालाई भोट हाल्छौं ।
सोही क्रममा उम्मेदवार राणाले साहित्य, कला, भाषा र संस्कृति, रितिथितीहरु समाज र राष्ट्रका गहना भएको भन्दै यसलाई संरक्षण र सम्र्वधन गर्दे अगाडि बढ्ने बताए । युवाहरूलाई खेलकुद र मनोरञ्जनमा सहयोग पुर्याउने उद्धेश्यले विद्यालय र स्थानीय बाल क्लव देखि नै खेलकुद कार्यक्रम सञ्चालन गरी युवा खेलमैत्री वातावरण सिर्जना गरी देशको लागि सक्षम खेलाडी उत्पादन गर्न सहयोग गर्ने प्रतिवद्धता समेत उनले व्यक्त गरे ।
स्थानीय तहसँग थप समन्वय गरी सुविधा सम्पन्न वहुउद्धेश्यीय सामुदायिक तथा क्लव भवन, कभर्ड हल तथा प्रत्येक वडामा खेल मैदान निर्माणका अतिरिक्त खेलाडी सम्मान र प्रोत्साहन कार्यक्रमलाई व्यवस्थित गर्ने उनको भनाई थियो ।
बिकासको अन्तिम लक्ष्य भनेको उच्चस्तरको आय आर्जन र उच्चस्तरको जिविकोपार्जन नैं हो । यसको लागि व्यवसायीक, उत्पादनमुख तथा उचित बजार व्यवस्थापनको लागि स्थानीय समूह र सहकारीलाई सशक्त र क्षमतावान बनाउन स्थानीय उत्पादन सहयोग तथा बजार व्यवस्थापनमा सहजीकरण कार्यक्रम गर्दे सहकारी शिक्षा, सहुलियत कर्जा, महिला सहकारी प्रर्वधन, कर न्यूनीकरण तथा विपन्न सहायता कार्यक्रमलाई जोड दिने राणाको भनाई थियो ।
स्थानीयस्तरमा शीप, क्षमता र लगानी मार्फत सरकारी, गैर सरकारी र निजी क्षेत्रको साझेदारीमा उद्यमशीलताको विकास, प्रविधि हस्तान्तरण तथा लगानी पं्रर्वधनलाई जोड दिई समृद्ध मुलक बनाउन आफुले प्रभावकारी भुमिका खेल्ने पनि राणाले बताए । तर यो सबै गर्नको लागि तपाईहरुको साथ, सहयोग र भोटको आवस्यकता मलाई छ, राणाले मतदाताहरुसंग भने ।