काठमाण्डाँै,फागुन २१
एनआईसी एसिया बैंकले ग्राहक महानुभावहरूको उल्लासमय सहभागितालाई मध्यनजर गर्दै एनआईसी एसिया रेमिटमार्फत निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने सुविधा सञ्चालनमा ल्याएको छ । योजनाअन्तर्गत एनआईसी एसिया बैंकका देशभर फैलिएका सम्पूर्ण शाखा र विस्तारित काउन्टरहरूबाट नेपालभरि एक ठाउँबाट अर्काे ठाउँमा सित्तैमा आन्तरिक रेमिट्यान्स रकम पठाउन सकिनेछ । उक्त योजनाअनुसार २०७६ फागुन १८ देखि २०७७ वैशाख १७ गतेसम्म देशभित्र रकम पठाउँदा कुनै पनि शुल्क नलाग्ने व्यवस्था बैंकले गरेको छ । यस बैंकका तीन सय १९ शाखा, एक सय सात विस्तारित काउन्टर, ५६ वटा शाखारहित बैंकिङ एकाइ एवं नौ हजारभन्दा बढी सहायक प्रतिनिधिहरूमार्फत सरलरूपमा भुक्तानी पाउन सकिनेछ । मुलुकभर सबैभन्दा धेरै शाखा सञ्जाल रहेको यस बैंकमार्फत तुरुन्त रकम पठाउन तथा प्राप्त गर्न सकिने हुँदा धेरैभन्दा धेरै ग्राहक महानुभावहरू लाभग्राही हुने विश्वास बैंकले लिएको छ ।बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर तीन सय १९ शाखा कार्यालयहरू, चार सय ५१ एटीएम, एक सय सातवटा एक्स्टेन्सन काउन्टर एवं ५६ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब २१ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।
उत्तरदायी बंैकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब तीन अर्ब १५ करोड रूपैयाँभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । एनआईसी एसिया बैंकले ग्राहक महानुभावहरूको उल्लासमय सहभागितालाई मध्यनजर गर्दै एनआईसी एसिया रेमिटमार्फत निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने सुविधा सञ्चालनमा ल्याएको छ ।
योजनाअन्तर्गत एनआईसी एसिया बैंकका देशभर फैलिएका सम्पूर्ण शाखा र विस्तारित काउन्टरहरूबाट नेपालभरि एक ठाउँबाट अर्काे ठाउँमा सित्तैमा आन्तरिक रेमिट्यान्स रकम पठाउन सकिनेछ । उक्त योजनाअनुसार २०७६ फागुन १८ देखि २०७७ वैशाख १७ गतेसम्म देशभित्र रकम पठाउँदा कुनै पनि शुल्क नलाग्ने व्यवस्था बैंकले गरेको छ । यस बैंकका तीन सय १९ शाखा, एक सय सात विस्तारित काउन्टर, ५६ वटा शाखारहित बैंकिङ एकाइ एवं नौ हजारभन्दा बढी सहायक प्रतिनिधिहरूमार्फत सरलरूपमा भुक्तानी पाउन सकिनेछ । मुलुकभर सबैभन्दा धेरै शाखा सञ्जाल रहेको यस बैंकमार्फत तुरुन्त रकम पठाउन तथा प्राप्त गर्न सकिने हुँदा धेरैभन्दा धेरै ग्राहक महानुभावहरू लाभग्राही हुने विश्वास बैंकले लिएको छ ।बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर तीन सय १९ शाखा कार्यालयहरू, चार सय ५१ एटीएम, एक सय सातवटा एक्स्टेन्सन काउन्टर एवं ५६ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब २१ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बंैकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब तीन अर्ब १५ करोड रूपैयाँभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।