काठमाडौं । नागरिक स्टक डिलरले झण्डै सात प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी तीन अर्ब ५० करोड रुपैयाँमध्येबाट छ दशमलव ८५ प्रतिशतको अनुपातमा २३ करोड ९७ लाख ५० हजार रुपैयाँबराबरको नगद लाभांश दिन लागेको हो । लाभांश वितरणसम्बन्धी उक्त प्रस्ताव कम्पनीको यही मंसिर १८ गते हुने तेस्रो वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।