काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले आगामी मंसिर १८ गते आफ्नो ३४औं वार्षिक साधारणसभाको आह्वान गरेको हो ।

वार्षिक साधारणसभामार्फत कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी चार अर्ब तीन करोड ५१ लाख ५८ हजार एक सय ५२ रुपैयाँमध्येबाट १५ प्रतिशतको अनुपातमा ६० करोड ५२ लाख ७३ हजार सात सय २३ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने तयारी गरेको छ ।