काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षकोे पहिलो त्रैमासिक अवधिमा दुई करोड ६७ लाख ४६ हजार सात सय २७ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाले छ करोड ३९ लाख आठ हजार चार सय रुपैयाँबराबरको खुद मुनाफा आर्जन गरेको थियो ।
हाल चुक्ता पुँजी ५५ करोड २५ लाख ८९ हजार तीन सय २६ रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासमा तीन अर्ब पाँच करोड ८२ लाख ५५ हजार आठ सय ८२ रुपैयाँ निक्षेप संकलन गरी आठ अर्ब ४८ करोड १० लाख ८२ हजार छ सय ३३ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १३ करोड ६८ लाख छ हजार नौ सय पाँच रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव ७३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव ७२ प्रतिशत कर्जा निष्क्रिय रहेको संस्थाको वितरणयोग्य नाफा एक करोड ४२ लाख ९५ हजार दुई सय २० रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले दुई अर्ब ९६ करोड १२ लाख ७० हजार छ सय सात रुपैयाँ निक्षेप संकलन गरी आठ अर्ब ३२ करोड ३० लाख ९७ हजार तीन सय ८८ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १५ करोड ८७ लाख ६७ हजार एक सय ५७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव ५७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर सात दशमलव ५९ प्रतिशत रहेको थियो ।