काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको खुद मुनाफा घटेको छ । संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ५८ लाख २८ हजार पाँच सय ३७ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाले दुई करोड ६८ लाख २५ हजार एक सय ६४ रूपैयाँ खुद मुनाफा कमाएको थियो ।
चुक्ता पुँजी २८ करोड २१ लाख ६९ हजार चार सय ४० रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासमा एक अर्ब ६९ करोड ८३ लाख ६० हजार ४८ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ८५ करोड ४ लाख ३० हजार ७४ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा सात करोड ३३ लाख पाँच हजार २९ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा दुई दशमलव २३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव ६२ प्रतिशत स्प्रेड दर रहेको संस्थाको वितरणयोग्य नाफा भने दुई लाख एक हजार आठ सय ५५ रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ६४ करोड पाँच लाख ८४ हजार तीन सय ६८ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ५० करोड ५९ लाख ६९ हजार एक सय ८५ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा सात करोड ६७ लाख ३२ हजार पाँच सय १८ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संथामा दुई दशमलव ४२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर सात दशमलव २१ प्रतिशत रहेको थियो ।