काठमाडौं । कम्प्युटर एसोसियसन नेपाल महासंघ (क्यान महासंघ)का निवर्तमान अध्यक्ष हेमन्त कुमार चौरासिया वर्ल्ड इन्फर्मेसन टेक्नोलोजी एन्ड सर्भिसेज एलायन्स (विट्सा)को कोषाध्यक्षमा निर्वाचित भएका छन् ।
चौरासिया सन् २०२२ –२४ कार्यकालको लागि कोषाध्यक्षमा पुनः निर्वाचित भएका हुन् । गत भदौ अन्तिममा सम्पन्न वार्षिक साधारणसभाबाट क्यान महासंघको प्रतिनिधित्व गर्दै बोर्ड अफ डाइरेक्टरमा निर्वाचित भएका चौरासिया यही कात्तिक २२ गते बसेको कार्यसमितिको बैठकबाट कोषाध्यक्ष पदमा निर्वाचित भएका हुन् । यसअघि उनी सन् २०१८–२० कार्यकालको निम्ति क्यान महासंघबाट प्रतिनिधित्व गर्दै बोर्ड अफ डाइरेक्टर पदमा निर्वाचित भएका थिए भने सन् २०२०–२२ कार्यकालमा कोषाध्यक्ष थिए ।