काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी नविन सुवेदीले पाएको छ । कमपनीको पछिल्लो पटक बसेको सञ्चालक समितिको बैठकले यसअघि सोही कम्पनीमा महाप्रबन्धकको रूपमा कार्यरत रहेका सुवेदीलाई निमित्त प्रमुख कार्यकारीको जिम्मेवारी दिएको हो ।
यसअघि भने कम्पनीको प्रमुख अधिकृतमा उपासना पौडेल रहेकी थिइन् । पौडेलले आफ्ना्े व्यक्तिगत कारण देखाउँदै दिएको राजीनामालाई कम्पनीको पछिल्लो पटक बसेको सञ्चालक समितिको बैठकले यही कात्तिक २८ गतेदेखि कार्यान्वयनमा आउने गरी स्वीकृति गरेसँगै सुवेदी निमित्त पमुख कार्यकारीमा नियुक्त भएका हुन् ।