काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन १० दशमलव ५४ अंकले ओरालो लागेको बजार परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार भने २१ दशमलव २९ अंकले उकालो लागेर १९ सय चार दशमलव ४५ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ५१ अंकले उकालो लागेर तीन सय ७५ दशमलव चार बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २६ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट १७ हजार सात सय ६५ पटकको कारोबारमा २४ लाख ५२ हजार ८४ कित्ता सेयर खरिद बिक्री हुंदा कुल कारोबार रकम ९४ करोड ६० लाख ८९ हजार पाँच सय २१ रुपैंयाँ पुग्न सफल भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये सबै उपसमुहरुको सुचक उकालो लाग्दा सेयर बजार पुरै हरियो भएको छ ।