काठमाडौं । सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन २१ दशमलव २९ अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार छ दशमलव ५९ अंकले घटेर १८ सय ९७ दशमलव ८६ बिन्दुमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ३३ अंकले ओरालो लागेर तीन सय ७३ दशमलव ७१ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय २९ वटा कम्पनीहरुको २२ हजार सात सय ७१ पटक सेयर कारोबार भएको छ । जसबाट २७ लाख ४५ हजार एक सय नौं कित्ता सेयर खरिद बिक्री हुंदा कुल कारोबार रकम एक अर्ब दुई करोड ३६ लाख नौं हजार नौं सय ६० रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये तीन वटा उपसमुहहरुको सुचक उकालो लागेपनि १० वटा उपसमुहहरुको सुचक भने ओरालो लागेका छन् ।