काठमाडौं । ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसात् गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरतरूपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंक लिमिटेडले रेस्टुरेन्ट, आयुर्वेद, श्रृंगार, स्वास्थ्यलगायतका क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ काठमाडौंका विभिन्न स्थानमा अवस्थित संस्थाहरू सँग सम्झौता गरेको छ ।
सम्झौतापश्चात् महालक्ष्मी विकास बैंकका डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरूले उक्त संस्थाहरूका विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरूले द हिमालयन ग्रील बाई बाजेको सम्पूर्ण सेवाहरूमा १५ प्रतिशत, कुन्दालिनी आर्युवेदाको सेवाहरूमा अधिकतम २० प्रतिशत, तुस्बाकी ब्युुटी सैलुन एन्ड इन्टरप्राइजेज प्रालिका सेवाहरूमा १० प्रतिशत, अपलेन्स एस्थेटिक प्रालिका सेवाहरूमा १० प्रतिशत र क्रिस्टल डाइगोनोस्टीकमा सेवाहरूमा २५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
यसकिसिमको सहकार्यबाट बैंकका डेविट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैंकले विभिन्न शाखाहरूबाट वित्तीय जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।