काठमाडौं । निर्वाचनको मिती नजिकिंदै गर्दा सेयर बजार परिसुचकमा भने उकालो यात्रा सुरु भएको छ । अघिल्लो दिन १३ दशमलव ४० अंकले बढेर ८६ करोड रुपैंयाँको मात्र सेयर किनबेच भएकोमा साताको अन्तिम कारोबार दिन अर्थात निर्वाचन अघिको अन्तिम कारोबार दिन आज बिहिबार बजार परिसुचक एवं कारोबार रकम दुबै उच्च अंकले बढेका छन् । आज बजार परिसुचक २५ दशमलव ५७ अंकले उकालो लागेर १९ सय ३६ दशमलव ८३ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ४९ अंकले उकालो लागेर तीन सय ८१ दशमलव छ बिन्दुमा चढेको छ । आज १३ वटा उपसमुहरु अन्तर्गत दुई सय २३ वटा कम्पनीहरुको २७ हजार दुई सय ३१ पटक सेयर किनबेच भएको छ । जसबाट ४३ लाख ८४ हजार चार कित्ता सेयर खरिद बिक्री हुंदा कुल कारोबार रकम एक अर्ब ७१ करोड ५४ लाख १९ हजार दुई सय ८६ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये १३ वटै उपसमुहहरुको सुचक उकालो लागेर सेयर बजारमा पुरै हरियाली छाएको छ ।