काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरूका लागि सानिमा भिसा डाइरेक्ट सेवा ल्याएको छ । यो सेवामार्फत ग्राहकहरूले विदेशबाट पठाएको पैसा तुरुन्तै प्राप्त गर्न सक्नेछन् ।
विश्वभरबाट सानिमाको भिसा कार्ड नम्बरमा विभिन्न डिजिटल माध्यमहरू जस्तैः इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र एटीएमबाट सजिलै रकमान्तर गर्न सकिनेछ । यो सेवा नवीन प्रविधि भएकोले विश्वभरबाट सानिमा बैंकको भिसा कार्ड नम्बरमा पैसा प्राप्त गर्ने उपयुक्त वैकल्पिक माध्यम रहेको छ । उक्त सेवा बैंकले भिसा इन्टरनेसनलसँग सहकार्य गरी प्रदान गरेको हो । यो सरल, सुरक्षित र छरिटो सेवा हो ।
सानिमा बंैकको देशका सातै प्रदेशमा एक सय ३० वटा शाखा कार्यालय तथा एक सय २३ वटा एटीएम सञ्चालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।