काठमाडौं । महिला लघुवित्त वित्तीय संंस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा एक करोड ५९ लाख ९९ हजार सात सय ५८ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संंस्थाको यस्तो मुनाफा तीन करोड २७ लाख ४७ हजार छ सय ३२ रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी १४ करोड ७५ लाख रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासिकमा एक अर्ब ३७ करोड ७६ लाख ८१ हजार चार सय ३२ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ६१ करोड ५९ हजार पाँच सय रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा सात करोड ७५ लाख ३५ हजार आठ सय ४४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव ७७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा भने संंस्थाले एक अर्ब ३४ करोड १९ हजार पाँच सय ६९ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ३९ करोड ५२ लाख ३९ हजार चार सय ७८ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा सात करोड १३ लाख ९३ हजार आठ सय ३१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव पाँच प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।