काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले यही कात्तिक २७ गतेदेखि पदमपुर शाखा नयाँ ठाउँमा सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार पदमपुर शाखा नयाँ ठाउँमा बैंकको अध्यक्ष राजेशकुमार श्रेष्ठले समुद्घाटन गरी सेवा सञ्चालन गरेका हुन् । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख कर्जा अधिकृत राजेश भण्डारीलगायत बैंकका कर्मचारीहरू तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो । देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यका साथ बैंकले देशका विभिन्न स्थानहरूमा शाखा, शाखारहित बैंकिङ तथा एक्सटेन्सन काउण्टरहरू सञ्चालनमा ल्याई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकको कुल शाखा संख्या एक सय ४८ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउन्टर २४ शाखारहित बैंकिङ र एक सय १५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।