काठमाडौं । यस साता सेयर बजार परिसूचक एक हजार नौ सय ३६ दशमलव ८३ बिन्दुमा कायम रहेको छ । यसैगरी क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ८१ दशमलव छ विन्दुुमा सीमित हुन पुगेको छ ।
यससाता धितोपत्र बजारमा दुुई सय ३२ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुुसार एक लाख पाँच सय १४ पटकको कारोबारमा एक करोड ४१ लाख पाँच हजार सात सय ५७ कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम पाँच अर्ब ३१ करोड ९५ लाख ९८ हजार छ सय ३१ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै दुई अर्ब रुपैयाँले बढी हो ।
गत साता भने धितोपत्र बजारमा दुुई सय २८ वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुुसार एक लाख २८ हजार एक सय ३८ पटकको कारोबारमा एक करोड ८४ लाख ४३ हजार सात सय ८० कित्ता सेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम सात अर्ब २३ करोड ७१ लाख ९० हजार दुई सय ६० रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष सातामा पाँच कार्य दिन नै खुला रहेको थियो । जसमध्ये पहिलो र तेस्रो दिन बजार परिसूचक ओरालो लागेको थियो भने बाँकी दिनहरूमा बजार परिसूचक उकालो लागेको थियो ।
पहिलो कारोबार दिन पनि बजार परिसूचक १० दशमलव ५४ अंकले ओरालो लागेर एक हजार आठ सय ८३ दशमलव १६ विन्दुुमा झरेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ८३ अंकले ओरालो लागेर तीन सय ७० दशमलव ५३ बिन्दुमा झरेको थियो । दोस्रो कारोबार दिन भने बजार परिसूचक २१ दशमलव २९ अंकले उकालो लागेर एक हजार नौ सय चार दशमलव ४५ विन्दुुमा चढेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ५१ अंकले उकालो लागेर तीन सय ७५ दशमलव चार विन्दुमा चढेको थियो ।
तेस्रो कारोबार दिन भने बजार परिसूचक छ दशमलव ५९ अंकले ओरालो लागेर एक हजार आठ सय ९७ दशमलव ८६ विन्दुुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ३३ बिन्दुले ओरालो लागेर तीन सय ७३ दशमलव ७१ विन्दुमा झरेको थियो । चौथो कारोबार दिन भने बजार परिसूचक १३ दशमलव ४० अंकले उकालो लागेर एक हजार नौ सय ११ दशमलव २६ बिन्दुुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ८६ विन्दुले उकालो लागेर तीन सय ७६ दशमलव ५७ विन्दुमा चढेको थियो । पाँचौँ कारोबार दिन पनि बजार परिसूचक २५ दशमलव ५७ अंकले उकालो लागेर एक हजार नौ सय ३६ दशमलव ८३ बिन्दुुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ४९ विन्दुले उकालो लागेर तीन सय ८१ दशमलव छ विन्दुमा चढेको थियो ।
यससाता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा शिवम् सिमेन्ट, नेसनल हाइड्रोपावर कम्पनी, नेपाल टेलिकम आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा शिवम् सिमेन्ट, नेपाल टेलिकम, नेसनल हाइड्रोपावर कम्पनी, आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।