काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा २३ करोड २७ लाख ७९ हजार तीन सय ४४ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा १६ करोड ४१ लाख ३० हजार नौ सय ४३ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब ५६ करोड ४४ लाख १३ हजार सात सय २७ रुपैयाँ रहेको संस्थाले चालु आवको पहिलो त्रैमासमा एक अर्ब ३२ करोड ९४ लाख ५५ हजार सात सय ३३ रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब ८९ करोड ३४ लाख ४८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ४३ करोड नौ लाख ३३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा शुन्य दशमलव ७५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले २४ अर्ब ३४ करोड ९७ लाख ९९ हजार रुपैयाँ कर्जा प्रवाह गरेकोमा २९ करोड ९५ लाख ४७ हजार नौ सय ६८ रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । उक्त अवधिमा संस्थामा शून्य दशमलव ६६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।