काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ४१ लाख १४ हजार एक सय ४६ रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा चार करोड ६६ लाख ८७ हजार आठ सय ९४ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ३८ करोड ४० लाख ५४ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासमा दुई अर्ब ५३ करोड ३३ लाख ४१ हजार रुपैयाँ निक्षेप संकलन गरी सात अर्ब ४३ करोड ३० लाख २० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १० करोड ८२ लाख ६७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ४४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले दुई अर्ब ५५ करोड १५ लाख छ हजार रुपैयाँ निक्षेप संकलन गरी सात अर्ब ७२ करोड २२ लाख ७० हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १३ करोड ५५ लाख ९३ हजार तीन सय ८८ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ७९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।