काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले खुद नोक्सानी व्यहोरेको छ । संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा दुई करोड ९६ लाख ८८ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा दुई करोड १४ लाख ५७ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी २७ करोड रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासिक अवधिमा एक अर्ब ३५ करोड २५ लाख ४२ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ३६ करोड १७ लाख ७७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अववधिमा एक करोड ६१ लाख आठ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ८५ लाख १२ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव २६ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब दुई करोड ४८ लाख ७८ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब पाँच करोड २८ लाख ६४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच करोड ५९ लाख १२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ५६ लाख ६५ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ७३ प्रतिशत रहेको थियो ।