काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजी वृद्धिको लागि हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट १० बराबर पाँचको अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो ।
हकप्रद सेयर जारी गर्नको लागि अनुमति माग गर्दै कम्पनीले यही कात्तिक २२ गते नेपाल धितोपत्र बोर्डसमक्ष आवेदन दिएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूूल्य कायम रहने गरी ८२ करोड ८२ लाख २१ हजार रुपैयाँबराबरको ८२ लाख २१ हजार दुई सय १० कित्ता हकप्रद सेयर जारी गर्नको लागि अनुमति मागगर्दै बोर्डसमक्ष आवेदन दिएको हो । कम्पनीको सेयर निष्काशन एवं बिक्री प्रबन्धकको रूपमा भने मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।