काठमाडौं । बिजय लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ७९ लाख ८२ हजार एक सय ९१ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा तीन करोड ३२ लाख २० हजार आठ सय नौं रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ३२ करोड रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासमा एक अर्ब १३ करोड ५२ लाख ५३ हजार छ सय ५२ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ८६ करोड २८ लाख ९९ हजार एक सय २७ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा छ करोड ९१ लाख ५४ हजार छ सय २७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ९७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब १३ करोड ६६ लाख १७ हजार तीन सय १६ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ७५ करोड ७६ लाख ९४ हजार नौं सय ३८ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १० करोड १४ लाख ९४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ८० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।