काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र सनराइज बैंक लिमिटेडबीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरूलाई लक्षित गरी स्मार्ट क्यूआर प्रयोगमा ल्याउनका लागि व्यावसायिक सम्झौता भएको छ ।
सेवा विविधीकरणको यो नयाँ आयामपश्चात सनराइज बैंक लिमिटेडका ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ एप सनराइज स्मार्ट प्लस प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यूआरमार्पmत गर्न सकिनेछ । उक्त सम्झौतापत्रमा स्र्माट च्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कायकारी अधिकृत नारायण प्रकाश भुजु र बैंकको तर्फबाट प्रमुख डिजिटल बैंकिङ दिलिप मैनालीले हस्ताक्षर गरेका छन् ।