काठमाडौं, फागुन २५
हजुरलाई नमस्ते टे«डर्स प्रा.लि.ले कपाल र बालबालिकाको हेरचाहका लागि कुमारिका र बेबि शेरामी ब्राण्डका उत्पादन नेपाल भित्रिएको छ । शुक्रवार काठमाडौंमा भएको एक कार्यक्रममा पूर्व प्रधानमन्त्रीतथा नेकपा बरिष्ठ नेता झलनाथ खनालको प्रमुख आतिथ्यमा ति उत्पादन सार्वजनिक गरिएको हो । कार्यक्रममा हेमाज म्यानुफ्याक्चरिङ प्रालिका निर्देशक रोय जोसेफको पनि उपस्थिति थियो । श्रीलङ्कामा ७० वर्ष यातायात, स्वास्थ सेवा र अन्य क्षेत्रमा काम गर्दै आईरहेको कम्पनी हेमाज होल्डिङ्ग पिएलसी हो, श्रीलङ्कन संगठनको रुपमा कार्य गर्दे आएको छ । मेनुफ्याकचरिङका उत्पादनहरुमा स्याम्पु, लोसन, साबुन, कोलोन, क्रिम, मन्जन, माउथवास बडि वास छन् ।
त्यसका अलवा, हेयर केयरमा स्याम्पु, ओइल, कन्डिसनर सिरम छन् साथै कम्पनीले महिला तथा पुरुषकालागि परफ्युम पनि उत्पादन गर्दै आईरहेको छ् । कम्पनीले स्यानिटरी न्यापकिन्सको पनि उत्पादन गर्दै आईरहेको छ ।कुमारिका ब्राण्डको हर्बल तेल एक नरिवलको तेल हो जुन प्राकृतिक जडिबुटीहरु मिलाई तयारी गरिएको छ । फ्रान्सेली बहुराष्ट्रिय कम्पनीको सहकार्यमासन् १९६२ मा शुुरुवात भएको यस कम्पनीका उत्पादनहरु माल्दिभ्स, लेबनान, मलेशिया, भारत, यूके, पाकिस्तान, बङ्गलादेश, अष्ट्रेलिया, न्यूजिल्याण्ड जस्ता देशहरुमा निर्यात भइरहेका छन् ।