काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । मंगलबार दुवै बैंकले मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
दुवै बैंकबीच मर्जरका लागि १००ः९० स्वाप रेसियो कायम गर्ने सहमति भएको छ । सहमतिअनुसार मेगा बैंकमा एक सय कित्ता सेयर हुनेले नेपाल इन्भेष्टमेन्ट बैंकमा ९० कित्ता मात्र सेयर पाउनेछन् । यसअघि दुवै बैंकले गत जेठ २७ गते मर्जरमा जाने प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
राष्ट्र बैंकले २०७९ असार २२ गते दुवै बैंकलाई मर्जरमा जान सैद्धान्तिक स्वीकृति दिएको थियो । मर्जरपश्चात् बन्ने बैंकको नाम ’नेपाल इन्भेष्टमेन्ट मेगा बैंक’ रहने र बैंकको अध्यक्ष पदमा नेपाल इन्भेष्टमेन्टका हालका अध्यक्ष पृथ्वीबहादुर पाँडे नै रहने सहमतिमा उल्लेख छ ।