काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडद्वारा सञ्चालित स्मार्ट क्युआरमा आबद्ध मर्चेन्टहरूलाई एम डबलीमार्फत भुक्तानी गर्न सकिने भएको छ । इन्फो डेभलपरद्वारा सञ्चालित एम डबली सहकारीहरुलाई लक्षित गरिएको मोबाइल बैंकिङ सेवा हो ।
हाल एक सय ७० भन्दा धेरै सहकारीमा सञ्चालनमा ल्याइएको एम डबलीमा स्मार्ट क्युआर सेवा सुरु गरिएको हो । हाल आर्जन बचत तथा ऋण सहकारीका एम डबली प्रयोगकर्ताले यो सुविधा लिन सक्नेछन् भने छिट्टै अरू सदस्य सहकारीहरूमा पनि यो सेवा विस्तार गरिने योजना रहेको इन्फो डेभलपरका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले जानकारी दिए ।
भाट–भटेनी सुपरमार्केट, बिगमार्ट, एक्सप्रेस मार्ट, किराना, बिग डिजिटललगायतका एक लाख ६० हजारभन्दा धेरै मर्चेन्टहरु आबद्ध स्मार्ट क्युआर नेटवर्कमा हालसम्म बैंक तथा वालेटहरु मात्र आबद्ध रहिआएको छन् । अबदेखि एम डबलीमार्फत सहकारीका सदस्यहरुले पनि यो सुविधामार्फत लाभ लिनसक्ने कुराले आफूहरु उत्साहित भएको स्मार्टच्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुले बताए । यो सेवा सञ्चालन गर्नका लागि इच्छुक सहकारीहरूले स्मार्टच्वाइस टेक्नोलोजिज वा इन्फो डेभलपरमा सम्पर्क गरी जानकारी लिनसक्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।