काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको सञ्चित मुनाफामध्येबाट सेयरधनीहरूलाई उक्त अनुपातमा लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
घोषित लाभांशमध्येमा आठ प्रतिशत बोनस सेयर र तीन प्रतिशत नगद लाभांश रहेको छ । लाभांश वितरणसन्बन्धी सञ्चालक समितिको यही मंसिर १० गते बसेको बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा तीन करोड ८२ लाख ३१ हजार दुई सय ६२ रूपैँयाँ खुद मुनाफा आर्जन गरेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा एक करोड ८९ लाख २८ हजार तीन सय ७८ रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी ८० करोड ५१ लाख ५५ हजार सात सय ४१ रूपैयाँ रहेको संस्थाल चालू आवको पहिलो त्रैमासमा छ अर्ब ३५ करोड ८१ लाख ५६ हजार आठ सय ६४ रूपैयाँ कर्जा प्रवाह गर्दा साता करोड ६५ लाख दुई हजार दुई सय ३६ रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ । सो अवधिमा शून्य दशमलव ६० प्रतिशत कर्जा निष्क्रिय रहेको संस्थाको वितवरणयोग्य नाफा भने तीन करोड १० लाख ३८ हजार एक सय ११ रूपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले चार अर्ब ६१ करोड ८८ लाख ३६ हजार चार सय २५ रूपैयाँ कर्जा प्रवाह गर्दा तीन करोड ४८ लाख ८० हजार सात सय ७३ रूपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । उक्त अवधिमा संस्थामा शून्य दशमलव २८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।