काठमाडौं । अनलाइन सपिङ प्लेटफर्म ग्यापुले आफ्नो जिङ्गलमा टिकटक बनाउने टिकटक प्रयोगकर्ताहरूका लागि तीन लाख ५० हजार रुपैयाँ जित्ने मौका ल्याएको छ । ‘टिकटक हिरोज सिजन २’ अन्तर्गत ग्यापुको जिङ्गलमा टिकटक बनाउने दुई जनालाई ‘वाइल्डकार्ड एन्ट्री’ दिइने ग्यापुका चिफ मार्केटिङ अफिसर अभिमन्यु शर्माले जानकारी दिए ।
‘वाइल्डकार्ड एन्ट्रि’का लागि सहभागीहरूले ग्यापुको जिङ्गलमा टिकटक बनाइ ग्यापुको टिकटक अकाउन्टमा ‘ट्याग’ गर्नुका साथै नियमबमोजिम ह्यासट्याग समेत प्रयोग गर्नुपर्ने हुन्छ, जसका लागि ग्यापुको अफिसियल टिकटक अकाउन्टमा नमूना भिडियो पनि राखिएको शर्माले बताए । ग्यापुले उक्त प्रतियोगिताको लागि कात्तिक ४ देखि २५ गतेसम्म फारम खुलाएको थियो, जसमा पाँच हजारभन्दा बढीले सहभागिता जनाएका थिए । त्यसमध्ये ९८ जनालाई छनौट गरी प्रतियोगितालाई अघि बढाइएको शर्माले बताए । उक्त प्रतियोगितामा विजेताहरूका लागि कुल तीन लाख ५० हजार रुपैयाँ पुरस्कार तोकिएको छ ।