सोलुखुम्बु,फागुन २६
सोलुखुम्बुको तिङ्लामा ग्रामीण विद्युतीकरणको काम २५ प्रतिशत सकिएको छ । यथाशीघ्र विद्युतीकरणको माग गर्दै करिब डेढ महिनाअगाडि अन्दोलित भएका तिङ्लालीको मागलाई सम्बोधन गर्नेगरी नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय विराटनगरले एक महिनाभित्र विद्युतीकरणको काम सक्ने बताए पनि काम सकिएको छैन । हालसम्म साबिकको तिङ्लाको वडा नम्बर ७ र ८ मा ९० प्रतिशत काम सकिएको र बाँकी १,२, ३,४, ५ र ६ मा पोल गाड्ने र तार टाग्ने काम भइरहेको सोलुखुम्बु वितरण केन्द्रले जनाएको छ ।सोलुखुम्बु वितरण केन्द्रका प्रमुख डेगराज पौड्यालले भौगोलिक कठिनाइ, मौसम प्रतिकूल र जनशक्ति अभावका कारण एक महिनामै विद्युतीकरणको काम नसकिएको बताए । केही हप्ताअगाडि तिङ्लावासी र प्राधिकरणबीच भएको बैठकले आगामि वैसाख १ गतेभित्र सबै काम सक्ने गरी सहमति भएको छ । उता, नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालयका प्रमुख श्रीरामराज पाण्डेले आफूले गरेको निर्णय कार्यान्वयनमा नचुकेको दाबी गरेका छन् । अहिले पनि वडा नम्बर ७ र ८ मा विद्युत् बाल्ने वातावरण सिर्जना गरेको तर स्थानीयले सबै वडामा एकै पटक विद्युत् बाल्ने भनेर आफूलाई जानकारी गराएको उनले बताए । सबै ठाउँमा एकै पटक बाल्नुपर्ने मागका कारण केही ढिलाइ भएको उनको भनाइ छ । एक ठाउँ बाल्ने अनि क्रमशः अन्य स्थानमा बाल्ने हो भने अहिले दुई स्थानमा बत्ती बाल्न सक्ने वातावरण रहेको प्राधिकरणले जनाएको छ । तिङ्लाका स्थानीय अगुवा बालकुमार कार्कीले आगामी वैशाखसम्म काम सक्ने गरी स्थानीयको सक्रियतामा काम भइरहेको बताए । आपूmहरूले बत्ती बाल्नको लागि सक्दो सहयोग गरेको उनको भनाइ छ । माघ ४ गते विद्युत् विस्तारको लागि संघीय सांसदसहितको टोली पुगेको समयमा स्थानीयले विरोध जनाएका थिए । विरोधले उग्ररूप लिएपछि झडपको स्थितिसमेत सृजना भएको थियो । जसबाट १४ मोटरसाइकल र १ बोलेरोमा आगजनीसमेत भएको थियो ।