काठमाडौं । सेयरबजार परिसुचक ओरालो लागेको छ । अघिल्लो दिन झिनो अंकले उकालो लागेको बजार परिसुचक साताको साताको दोस्र्रो कारोबार दिन आज सोमबार २४ दशमलव ४६ अंकले ओरालो लागेर एक हजार नौं सय ३८ दशमलव ७६ बिन्दुमा झरेको छ । ‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव १९ अंकले ओरालो लागेर तीन सय ७९ दशमलव ६४ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गर्त गत दुई सय ४० वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् । जसबाट २६ हजार चार सय ७५ पटकको कारोबारमा ४१ लाख २७ हजार दुई सय ८६ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम एक अर्ब ६७ करोड चार लाख ५५ हजार ३४ रुपैंयाँ पुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहरु मध्ये सबै उपसमुहहरुको सुचक ओरालो लागेर सेयर बजार परिसुचक पुरै रातो भएको छ ।