काठमाडौं । नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले सातौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले सोमबार नेपाल एसबीआई बैंकको केन्द्रीय कार्यालय, केशरमहल, काठमाडौंमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभाले कम्पनीको आव २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (असार मसान्त २०७९ को वासलात, आव २०७८/७९ को नाफा नोक्सान हिसाबलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरू समेत) पारित गरेको कम्पनीले जानकारी दिएको छ ।
उक्त सभाले आ.व. २०७९/८० को कम्पनीको लेखापरीक्षण गर्नका लागि एसएमसी एसोसियट्स, चार्टर्ड एकाउन्टेन्टलाई लेखापरीक्षकमा नियुक्ति एवं निजको पारिश्रमिक अनुमोदन गरेको छ ।