काठमाण्डौं,फागुन २६
प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पतालको चिकित्सकको टोलीले हात समातेर हिँडाउन थालेको छ । मिर्गाैला प्रत्यारोपणको पाँचौँ दिन आइतबार नियमित सन्तुलित आहार पनि दिन थालिएको छ । त्रिवि शिक्षण अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधारका लक्षण देखापरेको समेत जनाएको छ ।
आइतबार अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीलाई हिँड्डुल गराउन र सन्तुलित आहार दिन थालिएको बताएका हुन् । अस्पतालका अनुसार ओलीको भाइटल तथा ल्याब सामान्य रहेको छ । प्रधानमन्त्री ओलीलाई मिर्गाैला दान दिने भाञ्जी समीक्षा सङ्ग्रौलाको स्वास्थ्यावस्था पनि राम्रो हुँदै गएको अस्पतालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।