काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले वार्षिक सात प्रतिशत ब्याज कायम रहने गरी सातवर्षे अवधिको एक हजार रुपैयाँ अंकित मूल्य कायम रहेको पाँच अर्ब रुपैयाँबराबरको ५० लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो । कम्पनीका अनुसार ऋणपत्रको नाम ‘निफ्रा ऊर्जा ऋणपत्र ७ प्रतिशत –२०८५/८६’ रहेको छ ।
बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल मार्केटमार्फत यही मंसिर मंसिर २९ गतेबाट खुला हुने ऋणपत्रको बिक्री अवधि छिटोमा यही पुस चार गते र ढिलोमा यही पुस १४ गते बन्द हुनेछ । खरिदकर्ताहरूले न्यूनतम २५ देखि अधिकतम एक लाख कित्तासम्मको ऋणपत्र खरिदको लागि आवेदन दिन सक्नेछन् ।