काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको खुद मुनाफामध्ये आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो । यसैगरी कर प्रयोजनको लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि कम्पनीले गरेको छ ।