काठमाण्डौं,फागुन २६
एनआईसी एसिया क्यापिटल लिमिटेडले मास्क तथा सेनिटाइजर वितरण गरेको छ । कम्पनीले यही फागुन २२ गते सञ्चालनमा आएको तेस्रो वर्ष पूरा गरेको उपलक्षमा क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पवित्र धार्मिक स्थल पशुपति क्षेत्र विकास कोष परिसरमा रहेको वृद्ध आश्रममा बसोबास गर्ने वृद्ध बुबाआमाहरू तथा नेपाल वेदविद्याश्रम संस्कृत माध्यमिक विद्यालय, वनकाली, काठमाडौँंमा अध्यानरत विद्यार्थीहरूलाई पछिल्लो समयमा विश्वभर फैलिरहेको करोना भाइरस सर्नबाट बच्न अत्यन्तै महत्वपूर्ण भूमिका खेल्ने मास्क तथा सेनिटाइजर वितरण गरेको हो ।
साथै क्यापिटलले समय समयमा बाग्मती नदी सरसफाइ अभियानमा सहभागी हुने, स्कुल, कलेज, आर्मी पुलिसको ब्यारेकहरूमा वित्तीय संक्षरता कार्याक्रम सञ्चालन गर्ने तथा डिम्याट खाताको साथै लगानी व्यवस्थापनको आवश्यकता र महत्वको सम्बन्धमा आम नेपालीमा जानकारी गराउने उद्देश्यका साथ ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानसमेत सञ्चालन गरिरहेको छ । यसका साथै भविष्यमा समेत संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दौ जाने क्यापिटललको लक्ष्य रहेको जानकारी दिएको छ ।