काठमाडौं । नेपाली बजारमा अफिस तथा घरका लागि सर्वाधिक लोकप्रिय भि–वोनका कुर्सी बिक्रेताहरुको भेटघाट कार्यक्रम भी–वोन यु मी एण्ड द वेभ २०२२ सम्पन्न भएको छ । सोल्टी होटल काठमाडौंमा भव्य कार्यक्रमको आयोजना गरी भी–वोन यु मी एण्ड द वेभ २०२२ सम्पन्न गरिएको हो ।
कार्यक्रममा वर्ष २०२३ का लागि कम्पनीले नयाँ आकर्षक तथा इर्गोनोमिक्स (कुर्सीमा बस्दा शरीरको भारअनुरुप संयोजन गर्ने तरिका) कुर्सीहरु प्रदर्शन गरेको थियो । उक्त कुर्सीहरु अबका केही दिनमा नेपालभरका भी–वोन बिक्री स्थलमा उपलब्ध हुने बताइएको छ । भेलामा मोन्टेश्वरी कुर्सीको पनि प्रदर्शन गरिएको थियो । मोन्टेश्वरी कुर्सीले सबैको ध्यान आकर्षित गरेको थियो । भी–वोनको मोन्टेश्वरी कुर्सी आकर्षक र बलियो रहेको छ ।
केडिया समूहद्वारा नेपालभर भी–वोन कुर्सी बिक्री वितरण भइरहेको छ । बिक्रीपश्चात् मर्मत/वारेण्टीसम्बन्धी कार्यतालिकालाई विगतभन्दा अरु सहज÷सुलभ तरिकाबाट ग्राहकलाई सेवा दिने कुरामा यस भेलामा प्रतिबद्धता जनाइएको छ ।