काठमाडौं । सिद्धार्थ बैंकले आफ्ना सेयरधनीहरूलाई १३ दशमलव १६ प्रतिशत अर्थात् एक अर्ब ६४ करोड ७९ लाख ५० हजार आठ सय ९९ रूपैयाँबराबरको लाभांश वितरण गर्ने भएको छ । बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफामध्येबाट हाल कायम रहेको चुक्ता पुँजी १२ अर्ब ५२ करोड ४४ लाख २६ हजार आठ सय ३१ रूपैयाँमध्येबाट उक्त अनुपातमा लाभांश वितरण गर्न लागेको हो ।
घोषित लाभांशमध्येमा १२ दशमलव ५० प्रतिशत अर्थात् एक अर्ब ५६ करोड ५५ लाख ५३ हजार तीन सय ५४ रूपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६६ प्रतिशत अर्थात् आठ करोड २३ लाख ९७ हजार पाँच सय ४५ रूपैयाँबराबरको नगद लाभांश रहेको छ । बैैंंक सञ्चालक समितिको यही मंसिर २० गते बसेको ४०२औँ बैठकले गरेको लाभांश वितरणसम्बन्धी प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।