काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संंस्थाले २७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाले हाल कायम रहेको कुल चुक्ता पुँजी एक अर्ब ५६ करोड ४४ लाख १३ हजार सात सय २७ सय रूपैयाँमध्येबाट २६ प्रतिशत अर्थात् ४० करोड ६७ लाख ४७ हजार पाँच सय ६९ रूपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनको लागि एक दशमलव २६ प्रतिशत अर्थात् दुई करोड १४ लाख सात हजार सात सय ६६ रूपैयाँबराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
लाभांश घोषणसम्बन्धी सञ्चालक समितिको यही मंसिर १९ गते बसेको चार सय ५४औँ बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।