काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले वार्षिक साधारणसभाको आह्वान गरेको छ । बैंकले यही पुस १२ गते आफ्नो १२औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।
काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा हुने उक्त वार्षिक साधारण सभाले बैंकको हाल कायम रहेको चुक्ता पुँजी नौ अर्ब ५५ करोड ३९ लाख नौ हजार एक सय ९८ रूपैयाँमध्येबाट चार दशमलव ७५ प्रतिशत अर्थात् ४५ करोड ३८ लाख १० हजार छ सय ८६ रूपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यसैगरी सोही साधारणसभामार्फत बैंकले कर प्रयोजनको लागि शून्य दशमलव २५ प्रतिशत अर्थात् दुई करोड ३८ लाख ८४ हजार सात सय ७३ रूपैयाँबराबरको नगद लाभांश वितरण गर्ने समेतको प्रस्ताव पारित गर्नेछ । यसबाहेक सोही वार्षिक साधारणसभाले प्रभु बैंकसँग मर्जरमा जाने प्रस्ताव समेत पारित गर्ने तयारी गरेको छ ।