काठमाडौं । प्रभु बैंकले २१औँ वार्षिक साधारणसभाको आह्वान गरेको छ । बैंकले यही पुस १४ गते आफ्नो केन्द्रीय कार्यालय बबरमहलमा वार्षिक साधारणसभा गर्न लागेको हो ।
वार्षिक साधारणसभामार्फत बैंकले हाल कायम रहेको १२ अर्ब ७० करोड ८७ लाख चार हजार एक सय ७५ रूपैयाँलाई वृद्धि गरी २४ अर्ब रूपैयाँ पु¥याउने प्रस्ताव पारित गर्नेछ । यसबाहेक हाल कायम रहेको चुक्ता पुँजी १२ अर्ब ७० करोड ८७ लाख चार हजार एक सय ७५ रूपैयाँमध्येबाट छ दशमलव ५० प्रतिशत अर्थात् ८२ करोड ६० लाख ६५ हजार सात सय ७१ रूपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।
सोही वार्षिक साधारणसभामार्फत प्रभुले सेञ्चुरी बैंकलाई आफूमा गाभ्ने प्रस्ताव पनि पारित गर्ने तयारी गरेको छ ।