काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघको १३औैँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संघले यही मंसिर २२ गते बिहीबार क्लब हिमालय, नगरकोटमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभाले पेस भएका अन्य प्रस्तावउपर छलफल गरी सर्वसम्मतीका साथ पारित गर्दै नयाँ कार्यसमिति चयन गरेको छ । निर्वाचनको प्रक्रियाबाट विजय लाल श्रेष्ठको अध्यक्षतामा आठ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिमा अध्यक्षको रूपमा सनराइज क्यापिटल लिमिटेडका तर्फबाट विजयलाल श्रेष्ठ, उपाध्यक्षमा ग्लोबल आईएमई क्यापिटल लिमिटेडका तर्फबाट पारसमणि ढकाल, महासचिवमा एनआईसी एसिया क्यापिटल लिमिटेडका तर्फबाट रमेन्द्र रायमाझी, कोषाध्यक्षमा नबिल इन्भेष्टमेन्ट बैंकिङका तर्फबाट मनिष नारायण जोशी र सदस्यहरूमा नागरिक लगानी कोषका तर्फबाट नारायण प्रसाद घिमिरे, प्रभु क्यापिटलका तर्फबाट दिनेश थकाली, नेपाल लाइफ क्यापिटलका तर्फबाट नवीन बास्कोटा र एनआईबीएल एस क्यापिटलका तर्फबाट मेख बहादुर थापा निर्वाचित भएका छन् ।