पर्सा । ग्लोबल बिजनेस क्लेजमा अध्ययनरत बीबीएसका विद्यार्थीहरुको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जाडो मौसममा चिसो बढेसँगै हुने रगत अभावलाई परिपूर्ति गर्नका लागि आयोजना गरेको रक्तदान कार्यक्रममा २० महिलासहित एक सय ३१ जनाले रक्तदान गरेका छन् ।
वीरगञ्जको ओम आश्रमनजिकै श्रीपुरस्थित रहेको ग्लोबल बिजनेस कलेज परिसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा क्लेजका ११, १२, बीबीएस प्रथम वर्ष र दोस्रो वर्षका विद्यार्थीहरुले रक्तदान गरेका थिए । कार्यक्रममा कलेजका सञ्चालक श्रीराम दास, ओम प्रकास श्रेष्ठ र अशोक सर्राफले रक्तदान गरी कार्यक्रम उद्घाटन गरेका थिए ।