काठमाडौं । पाँचथर पावर कम्पनीले लाभांश वितरणको घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफामध्येबाट आफ्ना सेयरधनीहरूलाई कर प्रयोजनको लागि समेत गरी कुल सात प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीको बिहिबार बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरणसम्बन्धी उक्त निर्णय गरेको हो । सो निर्णय कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ ।