काठमाडौं । यससाता सेयरबजार परिसूचक एक हजार नौ सय १७ दशमलव २८ विन्दुमा कायम रहेको छ । यसैगरी क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ७३ दशमलव ६४ विन्दुमा सीमित हुनपुगेको छ । यससाता धितोपत्र बजारमा दुई सय ४६ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार ९० हजार सात सय ७७ पटकको कारोबारमा एक करोड ८४ लाख ९५ हजार पाँच सय १४ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम पाँच अर्ब ८५ करोड २० लाख ३१ हजार चार सय ७५ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा एक अर्ब रुपैयाँले कम हो । गत साता भने धितोपत्र बजारमा दुई सय ४१ वटा कम्पनीहरूको सेयर कारोबार भएको थियो । जसअनुसार एक लाख १० हजार नौ सय ५७ पटकको कारोबारमा एक करोड ६७ लाख ९६ हजार नौ सय ६९ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम छ अर्ब ६४ करोड २६ लाख ११ हजार ७२ रुपैयाँ पुगेको थियो । यस साता नेप्सेको नियमित कारोबार कक्ष सातामा चार कार्यदिन मात्र खुला रहेको थियो । जसमध्ये पहिलो दिन बजार परिसूचक उकालो लागेको थियो भने दोस्रो, तेस्रो र चौथो दिन बजार परिसूचक ओरालो लागेको थियो । पाँचौँ कार्यदिन भने सार्वजनिक बिदा परेका कारण कारोबार कक्ष बन्द रहेको थियो । पहिलो कारोबार दिन बजार परिसूचक दुई दशमलव १६ अंकले उकालो लागेर एक हजार नौ सय ६३ दशमलव २२ विन्दुमा चढेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव १७ अंकले उकालो लागेर तीन सय ८४ दशमलव ८३ विन्दुमा चढेको थियो । दोस्रो कारोबारदिन भने बजार परिसूचक २४ दशमलव ४६ अंकले ओरालो लागेर एक हजार नौ सय ३८ दशमलव ७६ विन्दुमा झरेकोमा क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव १९ अंकले ओरालो लागेर तीन सय ७९ दशमलव ६४ विन्दुमा झरेको थियो । तेस्रो कारोबार दिन पनि बजार परिसूचक चार दशमलव ८७ अंकले ओरालो लागेर एक हजार नौ सय ३३ दशमलव ८८ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५६ विन्दुले ओरालो लागेर तीन सय ७८ दशमलव आठ विन्दुमा झरेकोे थियो । चौथो कारोबार दिन पनि बजार परिसूचक १६ दशमलव ६१ अंकले ओरालो लागेर एक हजार नौ सय १७ दशमलव २८ विन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ४४ विन्दुले ओरालो लागेर तीन सय ७३ दशमलव ६४ विन्दुमा झरेको थियो । यस साता बढी रकम कारोवार गर्ने कम्पनीहरूको सूचीमा शिवम् सिमेन्ट, नेसनल हाइड्रोपावर कम्पनी, नेपाल टेलिकम आदि अगाडि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा शिवम् सिमेन्ट, नेपाल टेलिकम, नेसनल हाइड्रोपावर कम्पनी, आदि अगाडि परेका छन् । यसैगरी बजार पुँजीकरणको आधारमा भने यससाता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।